२७ जेठ २०८३, बुधबार

अविरल वर्षाले बेगनास सिँचाइको नहरमा क्षति

भदौ ११, २०७८
अविरल वर्षाले बेगनास सिँचाइको नहरमा क्षति
प्रतिकात्मक तस्वीर

अविरल वर्षाका कारण बेगनास सिँचाइ प्रणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ ।

अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा करीब १ हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।

सोमवार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बी–४ र र बी–३ नहर क्षेत्रको भुनभुनेमा करीब १५० मिटर नहर बाँध फुट्दा १ करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बी–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिए ।

उनका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।

करीब १५ सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइ अन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारा लगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्‍याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्