२५ जेठ २०८३, सोमबार

अख्तियारसहितका आयोगमा गरिएका नियुक्तिविरुद्धका रिटहरू संवैधानिक इजलासमा पेशी चढ्यो

अख्तियारसहितका आयोगमा गरिएका नियुक्तिविरुद्धका रिटहरू संवैधानिक इजलासमा पेशी चढ्यो

अख्तियारसहितका संवैधानिक निकायमा गरिएका नियुक्ति विरुद्धका रिटहरू सर्वोच्चको संवैधानिक इजलासमा पेशी चढेको छ ।

संसदीय सुनुवाइ छलेर विभिन्न आयोगमा गरिएका नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश नै बदर गर्नुपर्ने मागसहित परेका रिटहरू शुक्रवार पेशी चढेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्