२७ जेठ २०८३, बुधबार

बर्दियामा लागुऔषधसहित दुई जना पक्राउ

बर्दियामा लागुऔषधसहित दुई जना पक्राउ

बर्दियाको गुलरिया–११, लालपुरगाउँबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गेरुवा गाउँपालिका–२ का २३ वर्षीय राजेश थारु, सोही गाउँपालिका–३ का २३ वर्षीय अमित विक रहेको बर्दिया प्रहरीले जनाएको छ । 

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ५३ वटा ट्याब्लेट नाइट्राभेटसहित पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्