२१ जेठ २०८३, बिहीबार

जयसिंह धामीलाई न्याय दिलाउनका लागि जरोकिलोले बुझायो प्रधानमन्त्री देउवासमक्ष हस्ताक्षर

जयसिंह धामीलाई न्याय दिलाउनका लागि जरोकिलोले बुझायो प्रधानमन्त्री देउवासमक्ष हस्ताक्षर

मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतम ज्युले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीको न्यायको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा संकलन गरिएका ९ हजार ५ सय ७ हस्ताक्षर बुझाउनुभएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष प्रभाव सुवेदी र महासचिव लिला बानियाँ सहितको भेटमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा छानविन समितिको म्याद पटक पटक थपिनुले घटनाको सत्य तथ्य खोज्ने भन्दा पनि घटनालाई अन्तै मोड्न ' फेस सेभिङ्ग' को उपाय खोजिरहेको आशंका छाएको भन्दै यथाशीघ्र सत्य तथ्य छानविन गरेर दोषीलाई कारवाही गर्न र एसएसबिको निरन्तरको ज्यादती विरुद्ध कडा प्रतिवाद गर्न माग गरिएको छ ।

त्यस्तै जयसिंह धामीमा आश्रित परिवारको निम्ति आवश्यक राहत तथा रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । शिलान्यास भएको ३ बर्षसम्म झोलुङ्गेपुल निर्माण नगरी अलपत्र छाड्ने ठेकेदारलाई कारबाही गर्नुका साथै यथाशीघ्र झोलुङ्गे पुलको निर्माण गर्न सरकारसंग माग गरिएको छ ।

दुहुँ र व्यास गाउँपालिका लगायतको स्थानहरूमा जान नेपालबाट बाटो छैन र भारतको बाटो प्रयोग गर्दा सबै तुइन काटिएको अवस्था छ भन्दै बाटोको अभावमा अत्यावश्यक वस्तुको अभाव भोग्नुपरेको अवस्था भएको हुँदा खलंगा - तिंकर सडकखण्डलाई छुट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरी शीघ्र निर्माण माग गरिएको छ ।

कोरोना संक्रमणको कारण विदेशमा रोजगारी गुमाएका युवाहरूलाई स्वदेशमै उद्यमीको रुपमा स्थापित गर्न सुदूरपश्चिम प्रदेशमा ' स्टार्ट अप हेल्प डेस्क ' स्थापना गरेर आधारभूत तालिम र सहुलियतपूर्ण कर्जा सहज व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्