
कैलालीका प्रमुख जिल्ला खगेन्द्रप्रसाद रिजालसहितको जिल्ला अनुगमन टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका उपआयोजनाहरूको स्थलगत अनुगमन गरेको छ ।
लोकान्त्तर डट्कममा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरणः झन्डै ३ करोडका सामान घर लगेपछि भैँसीगोठ बन्यो हायरिङ सेन्टर’समाचार प्रकाशनपछि प्रजिअ अधिकारी, परियोजना कार्यालय धनगढीका प्रमुख कलशराम चौधरी, कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी, गौरीगंगा नगरपालिकाका मेयर भीम देउवालगायतको टोलीले शुक्रवार अनुमन गरेको हो ।
टोलीले गौरीगंगा नगरपालिका-८ मा सञ्चालनमा ल्याइएको २ वटा कस्टम हायरिङ सेन्टर र पोष्ट हार्भेष्ट सेन्टरको अनुगमन गरेको थियो ।
आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गरेको बताउँदै प्रजिअ रिजालले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने ती फर्महरूलाई बोलाउने जानकारी दिए ।
