२५ जेठ २०८३, सोमबार

कृष्णहरि पुष्करले पाए राजश्व सचिवको जिम्मेवारी

कृष्णहरि पुष्करले पाए राजश्व सचिवको जिम्मेवारी
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

सरकारले राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएको छ । 

बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । 

उमेरहदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि राजस्व सचिव पद खाली बसेको थियो ।

२०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिव भएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको पुष्करसँग अनुभव छ । 

प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व चुहावट नियन्त्रणको अध्यक्ष भएर काम गरेर राजस्वका बारेमा जानकार छन्।

पुष्कर श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् । 

यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अतिरिक्त सचिव थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्