१९ असार २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त

राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । 

कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालिरहेका शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी शुक्रवार नियुक्त गरिएको हो । 

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् । 

शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकिएको थियो । 

भदौ २४ गतेबाट पूर्णचन्द्र थापाले प्रधानसेनापतिबाट अनिवार्य अवकाश पाउँदैछन् । थापा साउन २५ गतेबाट घर बिदामा बस्दै शर्मालाई​ नेतृत्व हस्तान्तरण गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्