
अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलबाट उद्धार भई हिजो नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै काबुलमा अझै ४२ नेपाली रहेको मन्त्रालयको भनाइ छ । हाल एउटै समुहमा आवद्ध भैरहेका ४२ जना नियमितरुपमा सम्पर्कमा रहेको र उनीहरु सबै जना सुरक्षित रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ ।