०३ असार २०८३, बुधबार

आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय

आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय

तनहुँको व्यासनगरपालिकाले आगामी आइतबारदेखि एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण प्रभावित भएको सिकाइ प्रक्रियालाई निरन्तरता दिन त्यस्तो निर्णय गरेको नगरले जनाएको छ

बालबालिकालाई सकभर वैकल्पिक विधि अनलाइन कक्षा र सम्भव नभए १०० भन्दा कम विद्यार्थी भएको विद्यालयमा नियमित दुई बजेसम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । दिउँसो २ बजेसम्म मात्र प्रत्यक्ष सबै कक्षा सञ्चालन गरिने भएको छ ।

    एउटा कक्षा कोठामा २५ जनाभन्दा बढी नरहने गरी विभिन्न समूह वा जोर बिजोर, आलोपालोगरी बढीमा चार घण्टा मध्यान्तर नहुने गरी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको व्यास नगरपालिकाका शिक्षा शाखाका उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्