२१ जेठ २०८३, बिहीबार

आजको मौसम– देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसम– देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्युन चापीय रेखा समेत तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण केही दिनदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शनिबार बिहान पनि  देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने अधिकांश स्थानमा वर्षा भइरहेको छ।

यस्तै शनिबार दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै भारी र बाकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा
 भारी वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्