१४ असार २०८३, आइतबार

काठमाडौंमा हराएका २४ मोटरसाइकल फेला

भदौ १२, २०७८
काठमाडौंमा हराएका २४ मोटरसाइकल फेला
प्रतिकात्मक तस्वीर

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र ४ स्कुटर फेला पारेर शुक्रवार सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारीसाधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारीसाधनमध्ये अधिकांश सवारीसाधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ । 

मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताल लगायतका स्थानबाट हराएका हुन् । 

महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्