
कोभिड–१९ सङ्क्रमणका कारण नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनअनुसार गत आवमा विदेशी लगानीमा सामान्य मात्र वृद्धि भएको देखिएको छ।
प्रतिवेदनअनुसार गत आवमा १९ अर्ब ९० करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ। यो आव २०७६/७७ को तुलनामा केवल १.२ प्रतिशतले मात्र बढी हो। उक्त आवमा नेपालले १९ अर्ब ६७ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो। विश्व अर्थतन्त्र नै कोभिड–१९ का कारण आक्रान्त बनिरहेको अवस्थामा नेपाल भित्रने लगानी पनि बढ्न नसकेको हो। गोरखापत्रमा खबर छ ।