एक कुकुरले आफू मरेर आफ्नो मालिकको ज्यान बचाएको छ ।
भारतको केरलामा टोमी नामको एक कुकुरले आफ्नो मालिक र उसको परिवारको ज्यान बचाएको छ । तर उसले मालिकलाई बचाउनका लागि आफूले ज्यानको बलिदान नै दिएको छ ।
यो घटना केरलाको इडुक्की जिल्लाको हो । टोमीको मालिक सोमनको घर एक गाउँमा छ, जहाँ आसपास जंगल समेत रहेको छ ।
एकरात हात्तीले सोमनको घरमा छिर्न लाग्यो । टोमी नामको त्यो कुकुरले देखेर भुक्न थाल्यो भने हात्तीमाथि उसले आक्रमण शुरू गर्यो ।
टोमीले हात्तीमाथि जाइलाग्दै गर्दा हात्तीले पनि टोमीमाथि आक्रमण गर्यो । उसले आफ्नो सूँडले टोमीलाई उठाएर जमिनमा फालिदियो ।
त्यसपछि टोमी गम्भीर घाइते भएको थियो । यद्यपी उसले आफ्नो पञ्जा तथा नंग्राले हात्तीको आँखामा हमला गर्यो र अन्ततः हात्ती फर्किन बाध्य भयो ।
त्यसको केही समयपछि मालिक सोमन त्यहाँ आइपुगे । टोमीलाई निकै चोट लागेको थियो, भोलिपल्ट उसको मृत्यु भयो ।