२९ जेठ २०८३, शुक्रबार

एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग

भदौ १२, २०७८
एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग
प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ ।

नेपाल परिवार नियोजन संघलाई एम्बुलेन्स खरिदका निम्ति १४ लाख ८९ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति भएपछि नेपाल परिवार नियोजन संघ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने बताए ।

जिल्लामा एम्बुलेन्सको संख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले नागरिकले सास्ती खेपेको उनले जनाए ।

सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकामा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताए । रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरू सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्