२४ असार २०८३, बुधबार

देउवा र पौडेलबीच पार्टी विवाद समाधान गर्ने सहमति, जिल्ला सभापतिहरूको अनशन आज तोडिने

देउवा र पौडेलबीच पार्टी विवाद समाधान गर्ने सहमति, जिल्ला सभापतिहरूको अनशन आज तोडिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा सहमत भएपछि पौडेल पक्षका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा जारी राखेको रिले अनशन आज तोडिने भएको छ । 

शुक्रवार साँझ देउवा र पौडेलबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तामा भएको छलफल जानकारी गराउन आज कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षका नेताहरू भेला भएका थिए ।

सो बेलामा नेता पौडेलले पार्टी सभापतिले आफूहरूको माग सम्बोधन गर्न सहमति जनाएको ब्रिफिङ गरेका थिए ।

जिल्ला सभापतिहरूको उम्मेदवारीको सम्बन्धमा बनाइएको दोहोरो मापदण्ड खारेज हुनुपर्ने, क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने लगायतको माग पौडेल पक्षको थियो । यही माग राखेर पौडेल पक्षका जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यलयमा धर्नामा जुटेका थिए । 

सभापतिले माग सम्बोधन गर्ने बताएको पौडेलले ब्रिफिङ पनि चाक्सीबारीमा जम्मा भएका नेताहरूले अब महाधिवेशनमा केन्द्रित हुने निष्कर्ष निकालेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान श्रेष्ठले जानकारी दिए । 

‘धेरैजसो जिल्लाको क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक भइसकेको छ । विवाद कायम रहेको जिल्लाहरूको सम्बन्धमा छानबिन समितिले टुंगो लगाउने गरी सहमति भएको छ । अनशनमा रहेका जिल्ला सभापतिहरूको माग सम्बोधन हुने वातावरण बनेकाले उहाँलाई अनशन तोड्न अनुरोध गर्ने निष्कर्ष निकाल्यौँ,’ सिंहले भने । 

भदौ १८ गते नै देशभरका वडाहरूमा अधिवेशन शुरू गर्ने गरी वातावरण बनाउन लाग्ने सिंहले बताए । ‘तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने बाध्यता छ । अब सबै महाधिवेशनमा केन्द्रित हुन्छौँ,’ उनले भने ।

जिल्ला सभापतिहरूको अनशन टुंग्याउन कृष्ण सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ । उनीहरूले केन्द्रीय कार्यालय सानेपा गएर अनशनरत जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्