२४ जेठ २०८३, आइतबार

एयरलाइन्सहरूलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

भदौ १२, २०७८
एयरलाइन्सहरूलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ ।

क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका ९ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । 

क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ ।

तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्