
पर्साको वीरगंज महानगरपालिका-१३ तेजारथ टोल बस्ने ३१ वर्षीय सुशिम अधिकारीको घरमा पार्किङ गरी राखेको ना.२२ प ५७५० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय राधे पटेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पटेलले मोटरसाइकलको लक खोली चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले मोटरसाइकल धनीको सहयोगमा उक्त मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।