२२ जेठ २०८३, शुक्रबार

घर भत्किँदा बालिकाको मृत्यु

भदौ १३, २०७८
घर भत्किँदा बालिकाको मृत्यु
फाइल तस्वीर

लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । 

सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो ।

गम्भीर घाइते बालिकाको अस्पतालमा  नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्