०८ असार २०८३, सोमबार

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँको सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह  डंगोलले बताए ।

वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था रहेको छ ।

ग्राहकले गाडी सर्भिसका लागि  दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने कम्पनीले जनाएको छ । 

१० सर्भिस वे भएको यो वर्कसप 2१,०००  वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ ।

साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्