२८ असार २०८३, आइतबार
संसदीय दलको नेता चयन

एकीकृत समाजवादी संसदीय दलको नेता चुनिए माधव नेपाल, राष्ट्रिय सभातर्फ बेदुराम भुसाल

एकीकृत समाजवादी संसदीय दलको नेता चुनिए माधव नेपाल, राष्ट्रिय सभातर्फ बेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीको संसदीय दलको नेता चुनिएका छन् ।

संसद् भवन बानेश्वरमा आइतवार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

एमाले विभाजित भएर एकीकृत समाजवादी गठन भएको हो । पार्टीले संसदीय दलको मान्यता पाएपछि बैठक बसेर नेता चयन गरिएको हो ।

राष्ट्रिय सभा संसदीय दलको नेतामा भने बेदुराम भुसाल चुनिएका छन् ।

प्रमुख सचेतक र सचेतक चयन गर्न भने बाँकी नै रहेको सांसदहरूले बताएका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्