१५ असार २०८३, सोमबार

घुस लिएको आरोपमा असई र जवान पक्राउ

घुस लिएको आरोपमा असई र जवान पक्राउ

एक महिलासँग ९० हजार रूपैयाँ घुस लिएको आरोपमा असई र जवान पक्राउ परेका छन् । 

प्रहरी वृत्त बौद्धको टोलीले असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । 

उनका अनुसार उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । 

बौद्धकी एक महिलालाई लागूऔषधमा रहेको सूचना आफूहरूसँग रहेको र पैसा नदिए पक्राउ गर्ने धम्कीसहित घुस रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्