
साताको पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा भारी गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ४९.१८ अंकले घट्दै ३ हजार ४४.८६ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ सूचक ८.५७ अंकले घट्दै ५६२.८८ विन्दुमा झरेको छ ।
आइतवार कुल २ सय २७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ।
समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ ।
यस दिन नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
यस दिन रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आइ नकारात्मक सर्किट ब्रेक लागेको छ ।
आइतवार फाइनान्स समूहबाहेक अन्य समूहको उप सूचकहरू ऋणात्मक छन् ।
कारोबार रकमका आधारमा यस दिन अरुणभ्याली जलविद्युत कम्पनी लिमिटेडको शेयर १ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।