०५ साउन २०८३, मंगलबार

नाडा प्रतिनिधिमण्डल र परिसंघका अध्यक्ष अग्रवालबीच भेटवार्ता

नाडा प्रतिनिधिमण्डल र परिसंघका अध्यक्ष अग्रवालबीच भेटवार्ता

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालबीच भेटवार्ता भएको छ ।

आइतवार नाडाका अध्यक्ष दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले परिसंघका अध्यक्ष अग्रवाललाई भेट गरेको हो ।  

भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरुबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एकेबध्य भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । 

अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको जानकारी गराए । 

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नीजिक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढन चाहेको बताए ।

छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताए ।

सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाबीच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखे । 

त्यसैगरी सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति ध्रुव थापाले परिसंघसंग हातेमालो गरेर अघि बढ्नु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गरे ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले   नाडा प्रतिनिधिमण्डललाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोवाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए । 

उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउँदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे ।

सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताए । 

सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थिति रहेकोे थियो ।                                                            
 

salt training

कमेन्ट गर्नुहोस्