१० साउन २०८३, आइतबार

दुई तिहाइमा कोभिड-१९ को एन्टिबडी

दुई तिहाइमा कोभिड-१९ को एन्टिबडी

देशभर दुई तिहाइमा कोभिड-१९ को एन्टिबडी देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार २१ देखि साउन ३० सम्म संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा ६८.६ प्रतिशतमा एन्टिबडी देखिएको हो । 

मन्त्रालयले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर पेशा तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको जनाएको छ । 

साथै पहिलो मात्रा खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको मन्त्रालयको भनाइ छ । ‘हामीले लगाइराखेका खोपहरू अत्यन्त प्रभावकारी रहेको देखिन्छ,’ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्