२२ जेठ २०८३, शुक्रबार

लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयो, तर भएन मन्त्रिमण्डल विस्तार

भदौ १३, २०७८
लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्‍याइयो, तर भएन मन्त्रिमण्डल विस्तार

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले ११ बाट बढाएर १३ पुर्‍याएको हो । 

जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय छन् । 

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए । 

मुख्यमन्त्री कुलप्रसाद केसीले गएको साउन २८ गते शपथ लिएसँगै ७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । त्यसमध्ये ३ जना मन्त्री अझै विना विभागीय छन् । लुम्बिनीमा चार दलीय गठबन्धनको मिलिजुली सरकार बनेको छ । कांग्रेस र माओवादीलाई मन्त्री छान्न हम्मेहम्मे भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्