
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आइतवारको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन् ।
यस्तै आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए ।
यसअघि डा. ईश्वर गौतम थिए ।