०३ असार २०८३, बुधबार

एनसेलले ल्यायो ‘वानप्लान’, अब थप सस्तोमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

कात्तिक २०, २०७४
एनसेलले ल्यायो ‘वानप्लान’, अब थप सस्तोमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

काठमाडौं, जेठ ३१ –एनसेल प्रालिले सुलभ दरमा साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अन्तर्गत एनसेलका ग्राहकहरूले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको सुविधा एकै प्याकमार्फत लिन सक्नेछन् ।

बिहीवारदेखि नै उक्त योजना लागू हुने भएको छ । एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकले यो सुविधा लिन सक्नेछन् । यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक सातासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीत/संगीतको मजा लिन सक्नेछन् ।

वान प्लान योजनाअन्र्तगत एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वान प्लान १५०, वानप्लान ३०० र वानप्लान ५०० गरी तीन वटा प्याकहरू लिन सक्नेछन् ।

वानप्लान १५० प्याकमा ग्राहकले एक साताको प्याक १५० रुपैयाँमा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेटएसएमएस सेवाको मजा लिन सक्नेछन् । त्यस्तै, वानप्लान ३०० अन्तर्गत ग्राहकले ३०० रुपैयाँमा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन्् ।

ग्राहकले वान प्लान ५०० अन्तर्गतमात्र ५०० रुपैयाँमा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वानप्लान योजना अन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक सातासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरूको मजा लिन सक्नेछन् । योण्डर म्युजिकएप १५,००० भन्दा बढी नेपाली गीतसंगीतहरू सहित २ करोडभन्दा बढी गीतहरू समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो ।

उल्लेखित वान प्लान प्याकका शुल्कहरू सबै करसहितका भएको कम्पनीले जनाएको छ । प्याक सुचारु भएको दिन देखि एक हप्ताको लागि मान्य हुनेछ ।

‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई सम्बोधन गर्नका लागि हाम्रा ग्राहकहरू माझ यी कम्बो प्याकहरू ल्याउन पाउँदा हामी खुसी छौं,’ कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने, ‘यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ ।’

वान प्लान प्याक लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरू जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् ।

प्याक अन्र्तगत प्राप्त सेवाहरू एक साताको समय सिमाभित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनका लागि मान्य हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्