
वाईसीएल नेपालको राष्ट्रिय भेलाबाट नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । नेतृत्व चयन सहमतिमा गर्ने भन्दै लम्बिएको हो । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' ले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका थिए । नयाँ नेतृत्वको प्रतिस्पर्धी मध्य तत्कालीन उपाध्यक्ष सुमन देवकोटा र तत्कालीन महासचिव सुबोध श्रीपाली बिच प्रतिस्पर्धा भएको बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले सहमति मै गर्न निर्देशन गरेका छन ।
तत्कालीन पदाधिकारीको बैठकबाट यो विषय हल गरिने वाईसीएल स्रोतले बताएको छ । उक्त छलफलबाट भोली निर्णय गरिने र सहमतिको आधारमा नै नेतृत्व चयन गर्ने वाईसीएल केन्द्रका प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।
यसैबीच भेलामा अध्यक्ष दीपशिखाद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जित भई पारित भएको छ । साथै २३१ जनाको केन्द्रीय कमिटी, ३५ जनाको पदाधिकारी र ३ वटा केन्द्रीय आयोग निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको छ ।