३१ जेठ २०८३, आइतबार

समाजवाद स्थापनाको कार्यभार पूरा गर्नेगरी लागौँ : नेता पुन

समाजवाद स्थापनाको कार्यभार पूरा गर्नेगरी लागौँ : नेता पुन

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गरेका छन् । वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आज आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उनले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै  नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्ययोजना र त्यसको कार्यान्वयन जरुरी रहेको बताए ।

    राजनीतिक परिवर्तनलाई स्थायी बनाउँदै देश र जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी युवाले अब हरेक क्षेत्रमा पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । वाईसीएलको श्रव्य दृश्यका माध्यमबाट जारी राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए। बन्दसत्रमा राजनीतिक, आर्थिक प्रतिवेदनको छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्