२३ जेठ २०८३, शनिबार

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत  अमित श्रेष्ठबीच उक्त सम्झौता आदान प्रदान भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्