३० जेठ २०८३, शनिबार

एलजी ओएलईडीलाई २०२१ ईआईएसए अवार्डस्मा दशकको नविनतम टिभी आविष्कारको मान्यता

एलजी ओएलईडीलाई २०२१ ईआईएसए अवार्डस्मा दशकको नविनतम टिभी आविष्कारको मान्यता

एलजीले ईआईएसए अवार्डस्मा आफ्नो सफलताको प्रभावशाली कीर्तिमान थपेको छ, यसका पाँच घरेलु मनोरन्जनका आविष्कारहरु पुरस्कार सीजनमा प्रशंसा कमाइरहेका छन् ।

ईआईएसए (एक्सपर्ट इमेजीङ एन्ड साउन्ड एसोसियसन)  संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठनद्धारा वार्षिक रुपमा आयोजित इआईएसए अवार्डस्ले  उत्कृष्ट एलजी उत्पादनहरुलाई  उनीहरुको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट डिजाइनका लागी सम्मानित गरेको छ । 

यी उत्पादनहरू भए सम्मानित

  • LG OLED TVs (models OLED65G1, OLED48C1)
  • LG QNED Mini LED TV (model 75QNED99)
  • LG EclairSoundbar (model QP5)

एलजीको ६५ इन्च जी१० एलईडी टिभीलाई इआईएसएले सर्वश्रेष्ठ प्रीमियम ओएलईडी टिभी २०२१–२०२२ नामदिएको छ, एलजी ओएलईडी टिभी टिभीको लागी यो लगातार १०औँबर्षको प्रशंसाको प्रतीक हो ।

एलजीको ४८ इन्च सी १० एलईडफ् टिभीले इआईएसएकै पहिलो सबैभन्दा राम्रो गेमिगं टिभी अवार्ड जितेको छ । यस बर्षको  इआईएसए ८के टिभी सम्मान एलजी क्युएनईडी मिनी एलईडी टिभीले प्राप्त गर्यो, जसले अधिक विवरण र अधिक सटिक रंगहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । 

साउन्डबार श्रेणीमा एलजी ईक्लेयरले एलजी परिवारका लागी इआईएसए साउन्डबार इन्नोभेसन जितेको छ  ।
एलजीको लागी पहिलो इआईएसए इन एयर हेडफोन्सको कोटिमा एलजी टोन फ्री एयरबड्सले उत्कृष्ट ध्वनीको लागि सम्मान पाएको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्