
राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक‚ लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनमा दुःख व्यक्त गरेकी छन् ।
उनले नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा भट्टको योगदान सदा स्मरणीय रहने उल्लेख गरेकी छन् ।
सोमवार राष्ट्रपति भण्डारीले एक ट्वीट जारी गर्दै भनेकी छन्,'वरिष्ट प्रगतिवाद समालोचक, लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनको खबरले दु:खी भएको छु । नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहनेछ । स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।'
वरिष्ट प्रगतिवादी समालोचक‚ लेखक तथा चिन्तक आनन्ददेव भट्टको निधनको खबरले दु:खी भएको छु । नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहनेछ । स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) August 30, 2021