अफगानिस्तानको एक टीभीमा एंकरलाई सशस्त्र तालिबानी लडाकूहरूले बन्दूक देखाएर समाचार भन्न लगाएको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तालिबानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने तथा देश छोडेर कोही पनि भाग्न नहुने बताए पनि यस्तो घटना सार्वजनिक भएको हो ।
कुल ४२ सेकेन्डको क्लिपमा राजनीतिक बहस कार्यक्रमका सञ्चालकले तालिबानको एक बयान पढेका थिए । उनलाई कम्तीमा आठजना सशस्त्र तालिबान लडाकूले घेरेका थिए ।
अफगान पत्रकार मासिह अलिनेजादले आफ्नो ट्विटर अकाउन्टमा भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।
अफगान टीभीको पर्दाज नामक राजनीतिक बहस कार्यक्रममा सञ्चालकलाई तालिबानले बयान पढ्न लगाएका थिए । बयानमा देशमा शान्ति रहेको अनि सबैले तालिबानलाई सहयोग गर्नुपर्ने र डराउन नहुने भनिएको छ ।
यस घटनाबाट तालिबानको डर सबै अफगानहरूमा छाएको छ ।
This is surreal. Taliban militants are posing behind this visibly petrified TV host with guns and making him to say that people of #Afghanistan shouldn’t be scared of the Islamic Emirate. Taliban itself is synonymous with fear in the minds of millions. This is just another proof. pic.twitter.com/3lIAdhWC4Q
— Masih Alinejad 🏳️ (@AlinejadMasih) August 29, 2021