२२ जेठ २०८३, शुक्रबार

‘बेपत्ता पारिएका व्यक्तिहरुको खोजी गर्न सरकार प्रतिवद्ध’

‘बेपत्ता पारिएका व्यक्तिहरुको खोजी गर्न सरकार प्रतिवद्ध’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजि तथा अनुसन्धान गर्न तयार रहेको बताएका हुन् । उनले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिए ।

उनले भने, ‘तपाईहरुले अभिव्यक्त गर्नुभएका विचारहरु र तपाईँहरुका भावनाहरु र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु, यसका लागि सबै सरकोरवालाहरु सँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ, म कानूनमन्त्रीको हैसियतले यसमा योगदान गर्नका निमित्त तयार छु । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैर्यता प्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिवद्ध रहेको विश्वस दिलाउँछु ।’

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्