२६ जेठ २०८३, मंगलबार

अमेरिका पूरै हटेपछि पंजशिरमा तालिबानको आक्रमण जारी

भदौ १५, २०७८
अमेरिका पूरै हटेपछि पंजशिरमा तालिबानको आक्रमण जारी

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू हटेपछि तालिबानले आफ्ना विरोधीहरूको गढका रूपमा रहेको पंजशिर उपत्यकामा आक्रमण गरेको छ । 

पंजशिरमा तालिबानविरोधी ताजिक नेता अहमद मसूद निकटका मानिसले अफगानिस्तानको टोलो न्युजसँग कुरा गर्दै तालिबानले मंगलवार साँझ पंजशिरको एक चौकीमा आक्रमण गरेको बताए । 

आफ्ना लडाकूहरूले यस तालिबानी आक्रमणलाई विफल तुल्याएको तिनले बताए । दुवै पक्षबीच युद्ध जारी छ । तालिबानले यस आक्रमणका विषयमा टिप्पणी गरेको छैन । 

तालिबानको आक्रमण जाबुल सिराज इलाकामा भएको हो । त्यो परवान प्रान्तमा पर्छ । आक्रमणमा कैयौं लडाकू मारिएको र घाइते भएको बताइएको छ । 

तालिबानले पंजशिरलाई चारैतिरबाट घेरेको छ र इन्टरनेट बन्द गरेको छ । अहमद मसूदका समर्थकहरूलाई संसारसँग सम्पर्क कायम गर्न नदिन इन्टरनेट काटिएको हो । 

अहमद मसूद र तालिबानबीच सम्झौताका लागि कुराकानी भएको खबर पनि आएको थियो । तर त्यो कुराकानी विफल भएको जस्तो देखिएको हो । 

पंजशिरमै अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह छन् । पूर्व राष्ट्रपति अशरफ गानी देश छोडेर भागेपछि सालेहले आफूलाई संविधानतः कार्यवाहक राष्ट्रपति घोषणा गरेका थिए । 

तर सालेहको घोषणालाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्