१३ साउन २०८३, बुधबार

अब ‘खल्ती’बाट कुनैपनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

अब ‘खल्ती’बाट कुनैपनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु.२५,००० र दिनको रु.१,००,००० सम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्। त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १०पटक वा रु. २,५०,००० सम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनैपनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ।

नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफरमा सहभागी हुन सक्नेछन् । 

उक्त सुविधा सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठअधिकारी रोनिका श्रेष्ठले भनिन्,“खल्तीबाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा हामी ज्यादै उत्साहित छौँ। हामी आशावादी छौँ कि खल्तीको यो सेवाले हाम्रो डिजिटल नेपालको अभियानमा थप टेवा पुग्नेछ ।”

खल्तीबाट आफ्नो सहकारी खातामा नि: शुल्क रकम ट्रान्सफर गर्नको लागि:
•    खल्ती एप डाउनलोड गरी लग-इन गर्ने (नयाँ प्रयोगकर्ताहरुले साइन अपमा जाने) 
•    खल्तीको होमपेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने 
•    अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट”बटनमा दबाउने 
•    अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके” बटनमा ट्याप गर्ने 

salt training

कमेन्ट गर्नुहोस्