३० जेठ २०८३, शनिबार

‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

भदौ १५, २०७८
‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरि ठान्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको आज राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले समाजले खोजेको असल पात्रका रुपमा प्रहरीले सेवा गर्नुपर्नेमा जोड दिए । 

 सो अवसरमा उहाँले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा दर्ज्यानी चिन्ह प्रदान बताए  । गत मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालिममा २०३  सहभागी भएकामा नौ प्रशिक्षार्थीको तालिम रद्द भएको थियो । तालिममा ५४ ‘क’ श्रेणीमा र १४० ‘ख’ श्रेणीमा उत्तीर्ण भएका जानकारी दिइएको थियो । 
    
समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ  गराउनुभयो । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यक पर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्य दिन तालिम प्रदान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्