३० जेठ २०८३, शनिबार

काबुलबाट निस्केनन् यी विदेशी सैनिकहरू, चलाउँदैछन् गोप्य मिसन

भदौ १५, २०७८
काबुलबाट निस्केनन् यी विदेशी सैनिकहरू, चलाउँदैछन् गोप्य मिसन

अमेरिकी सेना अफगानिस्तानबाट हटिसकेको भए पनि नेटोका सैनिकहरू त्यहाँ गोप्य मिसनमा खटिएका छन् । 

अफगान कमान्डो र अन्यलाई बचाउनका लागि नेटोका रिटायर्ड र एक्टिभ दुवैथरी सैनिकहरूको एक गठबन्धन गोप्य रूपमा भूमिगत रेलमार्गमा काम गरिरहेको छ । 

सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल स्कट मानले डेलीमेललाई बताए, ‘हामी अफगानिस्तनामा फसेका मानिसहरूलाई हवाई क्षेत्रबाहेक अन्तबाट कसरी सुरक्षित बाहिर लग्न सक्छौं ? यो अलिक कठिन छ तर हामी यसलाई फत्ते गरिछाड्नेछौं ।’

अफगानिस्तानबाट अमेरिकी सेना हटेको विषयमा उनीसँग प्रश्न सोध्दा उनले भने, ‘नयाँ सरकारले जिम्मेवारी नलिउन्जेल हामी यतै बस्छौं । उनीहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरेको विश्वास भएपछि बल्ल हामी जान्छौं ।’

अफगानिस्तानबाहिर रहेका पूर्व सैनिक र स्वयंसेवकको एक नेटवर्क सुरक्षा तथा मानवीय सहायताका लागि एनक्रिप्टेड च्याटको उपयोग गर्छ । 

स्कट मान र उनका दुई साथी ग्रीन बेरेट्स टास्क फोर्स पाइनएप्पलको नेतृत्व गरिरहेका छन् । उनले भने, ‘हालैका दिनमा ७०० देखि ७५० मानिसलाई बचाइएको छ । तीमध्ये कैयौं अफगान कमान्डो थिए । तिनको परिवार, महिला र बच्चा पनि थिए । कतिपय महिला गर्भवती थिए । हामीले उनीहरूलाई फोहर बग्ने नालीबाट समेत बाहिर निस्कन मद्दत गरेका छौं ।’

गैरसन्य हजारौं विदेशी तथा अफगान नागरिकलाई यस्तै किसिमका गोप्य मिसनमार्फत बचाएको पनि उनले बताए । तालिबान काबुलमा आइपुग्नु अघिदेखि नै यस्तो काम थालेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्