
नेपाली सेना र जनस्वास्थ्य कार्यालय सल्यानको संयुक्त आयोजनामा राउटे समुदायका १३८ जना व्यक्तिहरु लक्षित स्वास्थ्य शिविर कार्यक्रम संचालन भएको छ ।
सल्यान जिल्लामा तैनाथ सबुज गण, नं १९ फि.ए. गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयुक्त आयोजनामा सल्यान जिल्ला तथा सुर्खेत जिल्लाको सिमानामा पर्ने कालिमाटी गाँउपालिका-५ स्थित काल्चेमा बसोबास गरी रहेका राउटे समुदायका १३८ जना व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको हो ।
उक्त शिविरमा राउटे समुदायका व्यक्तिहरुको स्वास्थ्य उपचार तथा निशुल्क औषधी वितरण गरिएको थियो । साथै, शिविरका दौरान नं १९ बाहिनीका बाहिनीपतिद्वारा राउटे समुदायका मुखियालाई खाद्यान्न समेत प्रदान गरेका थिए ।