२३ जेठ २०८३, शनिबार

अमेरिकाबाट लुटेको ट्रक शानले देखाउँदै हिँड्दा चिप्लेर लडे तालिबान लडाकू

भदौ १५, २०७८
अमेरिकाबाट लुटेको ट्रक शानले देखाउँदै हिँड्दा चिप्लेर लडे तालिबान लडाकू

अमेरिकी सेना अफगानिस्तानबाट हटेपछि तालिबानी लडाकूहरू काबुल विमानस्थलमा एउटा ट्रकमा शान देखाएर हिँड्दै गर्दा लडेका छन् । 

अमेरिकी सेनाको पोशाक लगाएका लडाकूहरू ट्रकमा घुमेका थिए । 

अमेरिका हिँडेपछि खुशी भएका लडाकूहरू पिकअपको पछाडि खचाखच भएर अटाएका थिए । केही लडाकू उभिएका थिए भने केही बसेका थिए । 

केही समयपछि बद्री ३१३ का दुई लडाकू र एक पत्रकार ट्रकको पछिल्लो भागबाट चिप्लिएर लडेका थिए । कालो मुश्लो धूवाँले उनीहरूलाई ढाकेको थियो अनि उनीहरू उत्तानो परेर पल्टेका थिए ।

यस्तो हास्यास्पद दृश्य देखिएपनि तालिबानले अमेरिकामा बनेका बन्दूक र सशस्त्र वाहन लिएर रमाउँदै यताउता गरेका थिए । संसारको सबभन्दा धेरै बजेट भएको सेनालाई हराएर उनीहरू प्रफुल्लित थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्