०१ असार २०८३, सोमबार

महाधिवेशनमा होमियो काँग्रेस, भदौ १८ देखि नै वडा अधिवेशन

भदौ १६, २०७८
महाधिवेशनमा होमियो काँग्रेस, भदौ १८ देखि नै वडा अधिवेशन

नेपाली  काँग्रेसले  भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।

 पार्टीको  सबैभन्दा  तल्लो  र  औपचारिक  निकाय  वडा  अधिवेशनको  प्रारम्भ  गरेर  महाधिवेशनको  शुभारम्भ  गरिने  भएको  हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ । निर्वाचन  समितिका  संयोजक  महादेव  यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिए ।  पार्टीले  अहिलेसम्म  ५६  जिल्लाका  क्रियाशील  सदस्यताको  विवाद  समाधान  गरी  ५३  जिल्लामा  जिल्ला  निर्वाचन  अधिकृत  खटाइसकेको छ । गोरखापत्रमा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्