०२ असार २०८३, मंगलबार

फेससिल्ड हटाउने वायुसेवा कम्पनीको निर्णय, मास्कमै जोड

भदौ १६, २०७८
फेससिल्ड हटाउने वायुसेवा कम्पनीको निर्णय, मास्कमै जोड

आन्तरिक वायुसेवा प्रदायकहरूले  यात्रुहरूलाई  उपलब्ध  गराउँदै आएको   फेससिल्ड   बुधबारदेखि   हटाउने भएका छन । विश्वमा    अन्य    कुनै    वायुसेवाले फेससिल्ड  अनिवार्य  नगरेको  र  सुरक्षित तवरले  मास्क  लगाएको  खण्डमा  सुरक्षित रहन   सकिन्छ   भन्ने   पुष्टि   भइसकेको अवस्थामा   वायुसेवा   सञ्चालक   सङ्घले विज्ञप्ति जारी गर्दै फेससिल्ड हटाउने घोषणा गरेको जनाएको छ ।

 सङ्घले नेपाली यात्रुहरूलाई मास्कसँगै  फेससिल्डको  प्रयोगले  असहजता सिर्जना  गर्नुका  साथै  प्रयोगमा  आइसकेका फेससिल्डहरू  विमानस्थलहरूमा  जथाभावी फाल्दा    असुरक्षित    भई    वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ । बुधबारदेखि  यात्रुलाई  अनिवार्य  रूपमा मास्कको  प्रयोगलाई  नै  प्राथमिकता  दिएर यात्रा गराउने पनि सङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्