०१ असार २०८३, सोमबार

दार्चुला घटनाको प्रतिवेदन बुझेलगत्तै गृहमन्त्रीले दिए यस्तो निर्देशन

भदौ १६, २०७८
दार्चुला घटनाको प्रतिवेदन बुझेलगत्तै गृहमन्त्रीले दिए यस्तो निर्देशन

 दार्चुलाका  जयसिंह  धामी  बेपत्ता  भएको  घटनामा  भारतीय  सुरक्षा  निकाय  एसएसबीको  उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ  ।  दार्चुलाको  व्यास  गाउँपालिका–२,    खाङदाङका  धामी  मालघाटबाट  साउन  १५ गते तुइनको प्रयोग गरी भारततर्फको बाटो  हुँदै  सदरमुकाम  खलङ्गा  आउने  क्रममा बेपत्ता भएका थिए ।

घटनाका  सम्बन्धमा  सत्यतथ्य  छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन  गौतमको  संयोजकत्वमा  गठित  छानबिन  समितिले  मङ्गलबार  गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनअनुसार  घटना  हुँदा  भारतीय  एसएसबीका  सुरक्षाकर्मीको  उपस्थिति  रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध  रहेको  बताउँदै  कार्यान्वयनको  प्रक्रिया  थाल्न  गृहसचिव  टेकनारायण  पाण्डेलाई निर्देशन दिए । उनले नागरिकको  जीवन  रक्षाका  लागि  सरकार  प्रतिबद्ध  रहेको  बताउँदै  स्थलगत  रूपमा  पुगेर  तयार  पारिएको  प्रतिवेदनले  नागरिकमा  विश्वास  जगाउनेमा  आफू  आशावादी  रहेको बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्