क्यारिबियन प्रिमियर लीगको खेलमा त्रिनबागो नाइट राइडर्सका कप्तान काइरोन पोलार्डले अम्पायरको निर्णयमा चित्त नबुझाएर अनौठो विरोध गरेका छन् ।
सेन्ट लुसियाविरुद्धको खेलको १९औं ओभरमा वहाब रियाजले बलिङ गरिरहेका थिए । वहाबको ओभर १० बलसम्म चल्यो ।
रियाजको एक बल अफस्टम्पको वाइड लाइनभन्दा निकै टाढा पुगेको थियो । उक्त बलमा टीम सीफर्टले ब्याटिङ गरिरहेका थिए । उनले बल खेल्ने प्रयास गरे तर त्यो निकै टाढा भएकाले ब्याटसँग स्पर्श हुन पाएन ।
तर मैदानमा रहेका अम्पायरले यसलाई वाइड मानेनन् । सीफर्टले बल फ्याँकिनुअघि अफस्टम्प बाहिर मुभ पनि गरेका थिएनन् ।
अम्पायरसँग यस विषयमा झगडा नगरी पोलार्डले हलुका कुराकानस् गरे अनि मौन विरोध गर्ने निर्णय लिए । उनी शर्ट मिडविकेटतर्फ गएर २० गज टाढा बसे । उनी ३० गजको घेरा नजिक पुगे ।
उक्त म्याचमा त्रिनबागो २७ रनले विजयी भयो ।
— Hassam (@Nasha_e_cricket) August 31, 2021