२७ जेठ २०८३, बुधबार

टुकी पल्टिएर आगलागी हुँदा आठ लाख बढीको क्षति

भदौ १६, २०७८
टुकी पल्टिएर आगलागी हुँदा आठ लाख बढीको क्षति
सांकेतिक तस्वीर।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित रामप्रसाद रानाका घरमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । 

टुकीबाट आगलागी सल्किँदा झण्डै आठ लाख रूपैयाँ बढीको क्षति भएको जनाइएको छ । 

अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्त्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । 

‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ,’ उनले भने, ‘घर पूरै जलेर क्षति भएको छ ।’

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्