पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
हामीले एउटा भग्नावशेष पायौं कम्युनिस्ट पार्टीको रुपमा । पुष्पलाल, तुलसीलाल, बर्मा, मानन्धर, केशरजंगका गुटहरू । केन्द्रीय न्यूक्लियस, पूर्वको रातो झण्डा, दाङ कम्युनिस्ट, माले दल, मार्क्सवाद अध्ययन केन्द्र । कति हो कति !
हामी घरघरमा भेट्टाउथ्यौं कम्युनिस्ट पार्टी बीउ । कांग्रेस एउटा हुँदा कम्युनिस्ट एक दर्जन हुन्थे तर सक्रिय कोही थिएनन् । त्यसैले एउटा राजनीतिक सन्नाटा थियो नेपालमा ।
जसरी भएपनि त्यसलाई त तोड्नैपर्छ – हाम्रा अगुवा साथीहरू भन्थे तर कसरी ? कसैलाई थाहा थिएन । एउटा विस्फोटको आवश्कता थियो शायद ।
झापा संघर्ष नै त्यो विस्फोट थियो, जसले नेपालका युवा विद्यार्थी तथा असंगठित कम्युनिस्टलाई बेस्सरी हल्लायो । झापा संघर्ष केही अतिउग्रवामपन्थी सोचबाट एउटा नयाँ समूह बन्यो – अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र । यही कोअर्डिनेसन केन्द्रका वरिपरि उभिए विभिन्न समूह बनाएर काम गरेका क्रान्तिकारीहरू ।
यसको विस्तारमा सबैभन्दा ठूलो भूमिका रह्यो नक्खु जेल विद्रोहको । यो अर्को विस्फोट थियो । कोअर्डिनेसन संगठन विस्तारको । लुम्बिनी मात्र होइन, दाङ, बाँके, बर्दिया र गण्डकीसम्मका जिल्लाहरूलाई लपेट्यो । म यो कोअर्डिनेसनको विस्तार स–साना नदीहरू मिलेर बगेको ठूलो नदी भन्छु ।
अलग–अलग समूहबाट आउनुभएका साथीहरूको विचार यसमा समाहित छ । नत्र झापाको अतिउग्रवामपन्थ २०४६ सालको संयुक्त जनआन्दोलनसम्म आइपुग्दा वामपन्थीको साझा एजेण्डामा नेपाली कांग्रेससँग सहकार्य गर्ने ठाउँमा कसरी आइपुग्थ्यो होला र !
आन्दोलनपछिको अवस्था सबैलाई थाहै छ । २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) मिलेर नेकपा ¬(एमाले) बन्यो । त्यसपछि अर्को लहर आयो एकताको । एउटा नेकपा (एमाले) र अर्को नेकपा (माओवादी) । झिनामसिना कतै भए पनि तिनीहरू निर्जीव थिए । कामरेड रोहित भक्तपुरबाट निस्कनै चाहनुभएन । गर्न चाहिँ उहाँले त्यो सानो ठाउँमा राम्रै काम गरिरहनुभएको थियो ।
अकस्मात ठूलो भूकम्प गयो नेकपा (एमाले) मा । २०५४ सालमा त्यो काँक्रो चिरिए जसरी चिरियो तर त्यसलाई नेकपा (एमाले) ले नै टाल्यो, अहिले पनि फुटेको छ एमाले । तलदेखि माथिसम्मै भत्किएको छ । यो फेरि चटक्कै जोडिन्छ भन्ने मलाई लाग्दैन । अहिले हामी ०२५/३० को हालतमा झरेका छौं हामी । तर छरपस्ट भइसकेका छैनौं । हामी दुवै पार्टीको मार्गदर्शक सिद्धान्त एउटै छ – जनताको बहुदलीय जनवाद । ढिलोचाँडो त्यही सिद्धान्तले हामीलाई एकठाउँमा उभिन कर लाउँछ । त्यसै हुनाले मैले विवादको थालनी भएदेखि नै जनताको बहुदलीय जनवादलाई मान्नेहरू एकअर्कालाई गाली नगर्नुहोस् भनेको थिएँ । सुन्नेले सुन्नुभयो, सुन्न मन नलाग्नेले सुन्नुभएन । जे होस् भइसकेको काममा रूवाबासी गर्नुको कुनै काम पनि हुँदैन ।
अब पार्टीका चिराहरूमा सहयोग र सद्भावनाको सोच हुनुपर्यो । मार्क्सवाद भनेको गन्धे हतियारको लडाइँ होइन । मार्क्सवाद भनेको स्वतन्त्रताको गीत हो । तपाईंहरू सम्झिनुस्, नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला नेता मदन भण्डारीले काममा ‘प्रतिस्पर्धा’को कुरो गर्नुभएको थियो । बीपीलाई त कांग्रेसहरूले सम्झिइरहनुभएको छ, तपाईंहरूले यति चाँडै नेपाली मार्क्सलाई बिर्सनुभयो ? कहिल्यै कुनै कम्युनिस्टको समाचारसम्म नछाप्ने अमेरिकाको न्यूजविकले बहुदलीय स्थापनाको लगत्तै ‘कार्लमार्क्स नेपालमा बाँचेका छन्’ भनेर अमेरिकी सरकारलाई सूचना दिएको थियो । अर्थात् मदन भण्डारीद्वारा प्रदत्त नयाँ विचार ‘जनताको बहुदलीय जनवाद’ नेपाली मार्क्सवाद थियो ।
तर बुझेनन् हाम्रा साथीहरूले । उनीहरूलाई लाग्यो – जनताको बहुदलीय जनवाद पनि सर्वहारा वर्गको अधिनायकत्वको सन्तान हो । यथार्थमा मार्क्सवाद र सर्वहारा अधिनायकत्वको कुनै साइनो सम्बन्ध छैन । मार्क्सवाद वैयक्तिक स्वतन्त्रको गीत हो भने सर्वहारा अधिनायकत्व यसको परम शत्रु हो । नेपालमा मैले ३ जना मानिस भेटेको छु, जसले लेनिनवाद र मार्क्सवाद बीचको भिन्नता बुझेका छन् । मार्क्सवादको स्वतन्त्रता र लेनिनवादको अधिनायकत्वको जमिन आकाशको फरक छ । त्यसैले सबैभन्दा धेरै अध्ययन गर्ने गरिएका भनिने कम्युनिस्ट पार्टीका नेताहरूले आपूmलाई ‘एकीकृत मार्क्सवादी लेनिनवादी पार्टी’को सदस्य भनेर चिनाउने गर्छन् । यथार्थमा मार्क्सवादसँग लेनिनवाद कतै पनि जोडिँदैन ।
नेपालमा ३ थान ठूला पार्टी छन् समाजवादको सपना देख्ने तर तिनै समाजवादको सपना देख्नेहरू नै एकअर्काविरुद्ध जुधेर जात्रा देखाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा (एमाले) । यी तिनैको लक्ष्य समाजवाद हो तर पुँजीवाद नआउँदै एकअर्काका ज्यानमारा शत्रु भएका छन् । हुन त मदन भण्डारीले प्रतिस्पर्धामार्फत आपूmलाई अब्बल देखाउने भन्नुभएको छ तर अहिलेको लडाइँ मदन भण्डारीले भनेको छैन । नेपाली कांग्रेस मदन भण्डारीलाई प्रजातान्त्रिक नेता मान्दैन । त्यसैले म जहिले पनि नेपाली कांग्रेसको बीपीको समाजवाद देख्छु । अहिलेका नेपाली कांग्रेसका नेताहरूले दस्तावेजमार्फत समाजवादको खण्डन गरेका छैनन् । कथित प्रजातन्त्रसँग दर्जनौं उपशीर्षक छन् जस्तैः उदारवाद, नवउदारवाद आदि इत्यादि । समाजवाद पो शत्रु भयो पुँजीवादको, उदारवाद त पूँजीवादकै पोष्यपुत्र न हो । नेपाली कांग्रेसले आफ्नो कित्ताकाट गर्नुपर्छ अब । उनीहरू को तिर छन् ? उदारवादी पूर्व पञ्चतिर कि समाजवादी वामपन्थीतिर !
सिद्धान्तहीन भएकै कारणले देशमा राजनीति फोहोरी भएको छ । सबैको स्पष्ट धारणा हुनुपर्यो अनि त्यो व्यवहारमा देखिनु पनि पर्यो । नेकपाका एमाले, समाजवादी र माओवादी । यी ३ दलले पनि आफ्नो कित्ताकाट गर्नुपर्यो तर कित्ताकाट गर्दा जनताको बहुदलीय जनवाद नमान्नेलाई हामी समाजवादउन्मुख पार्टी भन्दैनौँ भन्ने त्यसका अगुवाहरूलाई थाहा होस् । किनभने जनताको बहुदलीय जनवाद नै आजको नेपालको मार्क्सवाद हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...