२९ जेठ २०८३, शुक्रबार

मुख्यमन्त्री आचार्यले राजीनामा नदिए ठेगान लगाउँछौं : नेता राई

मुख्यमन्त्री आचार्यले राजीनामा नदिए ठेगान लगाउँछौं : नेता राई

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई ठेगान लगाउने बताएका छन् ।

नेकपा (एस) मा सनाखतपछि प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री आचार्यले राजीनामा नदिए ठेगान लगाउने चेतावनी दिएका हुन् । 

‘केपी ओलीको संगत थोरै मात्रै गर्नुभएको हुनाले उहाँले (आचार्य) नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘एमाले अध्यक्षकै लाइनमा आए हामी कानूनी हिसाबले ठेगान लगाउँछौं ।’

राईले प्रदेश १ मा चाँडै गठबन्धनको सरकार बन्ने समेत बताए । 

तपाई‌ंकै नेतृत्वमा सरकार बन्ने हो भन्ने पत्रकारको प्रश्नमा नेता राईले एकीकृत समाजवादीको कतै पनि प्रदेशको नेतृत्व नभएकोले पाउने सम्भावना रहेको बताए । 

कुल ९३ सांसद रहेको प्रदेश सभामा एमालेका १० सांसदले नेकपा (एस) रोजेसँगै मुख्यमन्त्री भीम आचार्य स्पष्ट अल्पमतमा परेका छन् । 

नेकपा (एस) रोज्नेमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ,सरिता थापा, सुनिता चौधरी,गणेश काङवाङ, खिनु लङ्वा लिम्बु, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई  र सावित्री रेग्मी रहेका छन् ।

प्रदेश सभामा एमालेका ५१ सांसद थिए । भदौ ९ गते मुख्यमन्त्री बनेका आचार्य एक हप्तामै अल्पमतमा परेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्