२२ जेठ २०८३, शुक्रबार

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ९ अर्ब

शेयर बजारमा सामान्य वृद्धि,  कारोबार रकम साढे ९ अर्ब

 पछिल्ला दिनहरूमा निरन्तर गिरावट आएको शेयर बजार बुधवार भने लयमा फर्किएको छ । यद्यपी ठूलो वृद्धि भने हुन सकेको छैन ।

बुधवार नेप्से परिसूचक १.१४ अंकले बढ्दै २९७६.९८ विन्दुमा पुगेको छ । 

यता सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढ्दै ५५०.६९ विन्दुमा पुगेको छ । 

शेयर बजारमा झिनो सुधार हुँदा कारोबार रकम भने साढे ९ अर्बमा सिमित छ ।

नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाई गरेपश्चात् लगानीकर्ताहरुको मनोबल बदलिएको लगानीकर्ताहरूले बताउँदै आएका छन्, जसका कारण मंगलवारसम्मको गिरावट व्यहोर्नुपरेको लगानीकर्ताहरुको विश्लेषण छ ।

यस दिन कुल २ सय २६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता शेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूह तर्फका उप सूचकहरू बढेका छन् भने अन्यमा गिरावट कायम नै छ । 

salt training

कमेन्ट गर्नुहोस्