
कांग्रेस नेता कल्याण गुरुङले सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको पनि दाबी गरेका छन् ।
यसअघि विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।