२० असार २०८३, शनिबार

प्रवेश परीक्षामा अनियमितता गरेको भन्दै गण्डकी बोर्डिङ छानबिनको घेरामा, अख्तियारले लग्यो कागजात

प्रवेश परीक्षामा अनियमितता गरेको भन्दै गण्डकी बोर्डिङ छानबिनको घेरामा, अख्तियारले लग्यो कागजात

गण्डकी बोर्डिङ स्कुल पोखराको कक्षा ४ को प्रवेश परीक्षामा अनियमितताको उजुरीपछि अख्तियार दुरूपयोग अनुसन्धान  आयोगले छानबिन थालेको छ । 

अख्तियारको क्षेत्रीय कार्यालय पोखराको टोलीले स्कुलबाट केही दिनअघि परीक्षासम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन गरिरहेको स्रोतले जनाएको छ । अख्तियारले स्कुल विनियमावलीसमेत झिकाएर प्रवेश परीक्षा भए/नभएकोबारे छानबिन भइरहेको जनाएको छ । 

गण्डकी बोर्डिङ देशकै चर्चित स्कुलमध्ये एक हो । यहाँ भर्नाका लागि कक्षा ४ मा बर्सेनि प्रवेश परीक्षा खुल्छ ।

विद्यालयका प्राचार्य यज्ञ शर्माले अख्तियारले कक्षा ४ को परीक्षासम्बन्धी कागजपत्रसहित विनियमावली लगेको स्वीकारे पनि के कति कारणले लगेको आफू अनभिज्ञ रहेको बताए । 

उनले केही साताअघि भएको परीक्षा निष्पक्ष र नियमानुसार भएको दाबी गरे । 

गण्डकी बोर्डिङ पोखरा महानगरपालिका-१६, लामाचौरमा अवस्थित छ ।

salt training

कमेन्ट गर्नुहोस्